जानिनँ देह पैले यो प्रेममा डुबाएँ
लागेन हात मोती
लागेन हात मोती गोता हजार खाएँ
जानिनँ देह
फक्रे गुलाफ थुंगा देखेँ, भएँ म मोहित
फक्रे गुलाफ थुंगा देखेँ, भएँ म मोहित
आशा र लालसाले पाऊ उतै बढाएँ
जानिनँ देह
औँला जसै लगियो टिपुँ टपक्क भन्दा
औँला जसै लगियो टिपुँ टपक्क भन्दा
काँडा बिझ्यो पचासौ तातो रगत चुहाएँ
जानिनँ देह
मौका गयो दुवैको धोको रह्यो दुवैको
मौका गयो दुवैको धोको रह्यो दुवैको
पाइनँ टिप्न फेरि वर्षौ कल्पी बिताएँ
जानिनँ देह
यो प्रेमको नतिजा दुःखै रहेछ साथी
यो प्रेमको नतिजा दुःखै रहेछ साथी
आफन्त जो गुमाएँ शत्रु कैयौ कमाएँ
जानिनँ देह पैले यो प्रेममा डुबाएँ
लागेन हात मोती
लागेन हात मोती गोता हजार खाएँ
जानिनँ देह
शब्दः भीमनिधि तिवारी
संगीतः शिव शंकर मानन्धर
स्वरः भानुभक्त आचार्य