मलाई प्यार अब चाहिन्न
मलाई प्यार अब चाहिन्न
म त प्यार बोक्न सक्दिनँ
मलाई पीर अब चाहिन्न
म त तड्पिरहनै सक्दिनँ
मलाई प्यार अब चाहिन्न
म खुशी थिएँ, खुशी चाहन्थेँ
जब मुटु मेरो कसैलाई दिएँ
म खुशी थिएँ, खुशी चाहन्थेँ
जब मुटु मेरो कसैलाई दिएँ
म के गरूँ म धीर छु
यो जलनमा जली नै रहेको छु
मलाई जलन अब चाहिन्न
म त तड्पिरहनै सक्दिनँ
मलाई प्यार अब चाहिन्न
मेरो जीत होस् या हार होस्
मैले भाग्न कहिलै जानिनँ
मेरो जीत होस् या हार होस्
मैले भाग्न कहिलै जानिनँ
जीवन एक वैदान हो भने
मैले साथी यसको छानिनँ
मलाई मृत्यु चाहिन्न
म त मृत्यु अंगाल्न सक्दिनँ
मलाई पीर अब चाहिन्न
म त तड्पिरहनै सक्दिनँ
मलाई प्यार अब चाहिन्न
शब्द/संगीत/स्वरः भक्तराज आचार्य