माया मेरी साँझ बनि डोली चढी आउँछिन्
माया मेरी साँझ बनि डोली चढी आउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनि डोली चढी आउँछिन्
रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
रातभरि हराउँछु डुली सपनीमा
बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा
हाँस्दै बिपनीमा
दिनभरि छायाँ बनि अघि पछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनि डोली चढी आउँछिन्
फेरि उही गोधूलीमा भेट हाम्रो हुन्छ
युगयुगसम्म हाम्रो प्रीति दोहोरिन्छ
फेरि उही गोधूलीमा भेट हाम्रो हुन्छ
युगयुगसम्म हाम्रो प्रीति दोहोरिन्छ
प्रीति दोहोरिन्छ
यसरी नै माया मेरी सधै मुस्कुराउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन्
लुकेर निदाउँछिन्
माया मेरी साँझ बनि डोली चढी आउँछिन्
शब्दः पुरूषोत्तम सापकोटा
संगीत/स्वरः भक्तराज आचार्य