सबैबाट तिरस्कृत भएता पनि
सबलाई माया गर्ने म मान्छे
तिमीले लत्यायौ तर अझै पनि
तिमीले लत्यायौ तर अझै पनि
तिमीलाई सुखी चाहने म मान्छे
सबैबाट तिरस्कृत
बाँड्न खोजेर आफ्ना खुशीहरू
भन मैले कति के अपराध गरेँ
बाँड्न खोजेर आफ्ना खुशीहरू
भन मैले कति के अपराध गरेँ
तिम्रो हृदयको परिवेशभित्र
अड्न चाहेर किन बर्बाद भए
बर्बाद भए
सबैबाट तिरस्कृत
कहानी मेरो यो मेटिदियौ तिमीले
भन बाँच्दैमा मैले के आघात पुऱ्याएँ
कहानी मेरो यो मेटिदियौ तिमीले
भन बाँच्दैमा मैले के आघात पुऱ्याएँ
सबैको यो मन हेर उस्तै न हो
हाँस्न चाहदैमा किन अपबाद भएँ
अपबाद भएँ
सबैबाट तिरस्कृत भएता पनि
सबलाई माया गर्ने म मान्छे
तिमीले लत्यायौ तर अझै पनि
तिमीले लत्यायौ तर अझै पनि
तिमीलाई सुखी चाहने म मान्छे
सबैबाट तिरस्कृत
शब्दः विरेन्द्र पाठक
संगीत/स्वरः भक्तराज आचार्य