सहे घात चुपचाप अरू घात थपिन्छ
नबोलेर जीते सबै राम्रो भन्छन्
यहाँ जीत खुशी सबै बाँडु भन्छन्
तर हार पाउनु उपहास भइन्छ
सहे घात चुपचाप
न आँशुले धुन्छ न हाँसोले पुछ्छ
नदेखिने मनका कति चोटहरू ती
न आफ्नैले चिन्छ न अर्काले बुझ्छ
जीवनमा लुकेका कति खोटहरू ती
असल र खराबको कुनै अर्थ छैन
बेअर्थ छ जीवन केही मोल छैन
सहे घात चुपचाप
यौवनको खुशीले मेटिने त होइन
यो रित्तो जीवनको कति प्यासहरू ती
जितेर सकिन्न हारेर भरिन्न
सपना झै झुटा कति आशहरू ती
नमाग केही यहाँ कोही भर छैन
कि बाँच्नु नै पर्ने कुनै कर छैन
सहे घात चुपचाप अरू घात थपिन्छ
नबोलेर जीते सबै राम्रो भन्छन्
सहे घात चुपचाप
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य