यहाँ जिन्दगीले कहाँ बास पायो
जहाँ आसरा थियो त्यहाँ चोट खायो
दुखेकै छ छाती जहाँ घाउ पाक्यो
म फुल्ने बगैँचा जहाँ दुःख बास्यो
झरे आँशु धेरै उछिनौ तिमीले
कराएँ गुहारेँ सुनिनौ तिमीले
झरे आँशु धेरै उछिनौ तिमीले
कराएँ गुहारेँ सुनिनौ तिमीले
म ढल्दा तिमीले उठायौ कहाँ र
म डड्दै छु आगो निभायौ कहाँ र
म डड्दै छु आगो निभायौ कहाँ र
म सोच्थेँ हुनेछौ तिमी नै बिहानी
नयाँ जिन्दगीको सुनौला कहानी
म सोच्थेँ हुनेछौ तिमी नै बिहानी
नयाँ जिन्दगीको सुनौला कहानी
तिमी मै थियो आश इच्छा उमंग
तिमी नै थियौ प्रेमको सप्तरंग
तिमी नै थियौ प्रेमको सप्तरंग
यहाँ जिन्दगीले कहाँ बास पायो
जहाँ आसरा थियो त्यहाँ चोट खायो
दुखेकै छ छाती जहाँ घाउ पाक्यो
म फुल्ने बगैँचा जहाँ दुःख बास्यो
शब्दः रविराज भण्डारी
स्वर/संगीतः भक्तराज आचार्य