अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
एक मुठ्ठी सास फेर्न सानो आकाशले पुग्छ
सानो आकाशले पुग्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
योवन उडेर जाओस् बादल हराए जस्तै
योवन उडेर जाओस् बादल हराए जस्तै
जीवन गलेर जाओस् पहरा रसाए जस्तै
तर हिँड्नलाई पाइला जस्तै भए पनि हुन्छ
तर हिँड्नलाई पाइला जस्तै भए पनि हुन्छ
तिम्रो मोड हराए पनि बाटो त आफै बन्छ
बाटो त आफै बन्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
अनुरागका फलाले विस्मात मलाई हुन्न
अनुरागका फलाले विस्मात मलाई हुन्न
विश्वासघातले झन् चाल यो मुटुको छुन्न
एक्लो भएर के भो, आफू नै आफ्नो हु्न्छ
एक्लो भएर के भो, आफू नै आफ्नो हु्न्छ
तिमीले नबुझे पनि बुझ्नेले बुझिदिन्छ
बुझ्नेले बुझिदिन्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
एक मुठ्ठी सास फेर्न सानो आकाशले पुग्छ
सानो आकाशले पुग्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य