यो साथ नछुटोस् कहिले पनि
आज यो पहिलो मिलनमा झै
जीवन भरि नै हाँसी रहुँ
आज हामी हाँसे झैँ
यो साथ नछुटोस् कहिले पनि
दुःख र सुख साटी दिऊँ
तिमी मेरी म तिम्रो भई
दुःख र सुख साटी दिऊँ
तिमी मेरी म तिम्रो भई
जिन्दगीका खुशीहरु
संगाली राखौँ सधैलाई
यो बाचा नटुटोस् कहिले पनि
आज यो पहिलो मिलनमा झै
यो साथ नछुटोस् कहिल्यै पनि
सबै जिउँछन् बेग्ला बेग्लै
हामी बाचौँ एक भई
सबै जिउँछन् बेग्ला बेग्लै
हामी बाचौँ एक भई
दुवै मुटु एउटै बनाई
हामी मरौँ एक भई
यो बन्धन नफुकोस् कहिले पनि
आज यो पहिलो मिलनमा झै
जीवन भरी नै हाँसी रहुँ
आज हामी हाँसे झै
यो साथ नछुटोस् कहिले पनि
शब्दः रूद्रराज आचार्य
संगीत/स्वरः भक्तराज आचार्य