म कहीँ कतै हराए भने
म त तिमी भित्रै हुन्छु
घचारोमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहीँ कतै हराए भने
यहाँ हराउने ठाउँ धेरै छ
आँखामा हराउँछु कहिले म
यहाँ हराउने ठाउँ धेरै छ
आँखामा हराउँछु कहिले म
नशामा हराउँछु कहिले म
हराउँछु कहिले मायामा पनि
तर माया मै डराउँछु कहिले म
तर माया मै डराउँछु कहिले म
तर माया मै डराउँछु कहिले म
म कहीँ कतै हराए भने
यो मन बुझाउन गार्हो छ
कहिले आफैमा भत्किन्छ
यो मन बुझाउन गार्हो छ
कहिले आफैमा भत्किन्छ
कहिले आफैसँग झस्किन्छ
निभाउँछ कहिले प्रतिरोधको ज्वाला
फेरि सन्तापले आफैमा सल्किन्छ
फेरि सन्तापले आफैमा सल्किन्छ
म कहीँ कतै हराए भने
म त तिमीभित्रै हुन्छु
घचारोमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहीँ कतै हराए भने
शब्द/सङ्गीतः सरोज कार्थक
स्वरः भक्तराज आचार्य