छाडी जाने मायालुको……..

छाडी जाने मायालुको कति धेरै माया
दिन ढली साँझ पर्छ त्यति बढ्छ माया

रातमा बोलाउँछन् धेरै जूनका शीतल किरणले
टोलाउँछन् हेरी मलाई जून बनि तिम्रो मुहार
रातमा बोलाउँछन् धेरै जूनका शीतल किरणले
टोलाउँछन् हेरी मलाई जून बनि तिम्रो मुहार
छातीमा नै राखौँ कि आँखामा लुकाऊँ
बिर्सिजाने निष्ठुरीको कति धेरै माया
दिन ढली साँझ पर्छ त्यति बढ्छ माया

धेरै धेरै रातिहरू शुन्यतामा बिताई सकेँ
सपनीको गहिराईभित्र तीतोपनको आभाष पाएँ
धेरै धेरै रातिहरू शुन्यतामा बिताई सकेँ
सपनीको गहिराईभित्र तीतोपनको आभाष पाएँ
यसैले यो हाम्रो जीवन घाम छायाँ हो कि भन्छु
आउँछु भन्ने निष्ठुरीको कति धेरै माया
दिन ढली साँझ पर्छ त्यति बढ्छ माया
दिन ढली साँझ पर्छ त्यति बढ्छ माया
दिन ढली साँझ पर्छ त्यति बढ्छ माया

शब्दः राजु लिम्बु
सङ्गीतः सुर्वण लिम्बु
स्वरः पवन गोले

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!