अमर माया ……..

अमर माया छाडेर जाने
अमर माया छाडेर जाने
परदेशी आएन हो…हो
परदेशी आएन
प्रति पल रह्यो सम्झना मात्र
प्रति पल रह्यो सम्झना मात्र
त्यहीँ साल आएन हो…हो
परदेशी आएन

जो थियो बाजी बाँधेको बाचा बिरानो बन्ने भो
सम्झेर ल्याउँदा यो मन मेरो भक्कानो पर्ने भो
दुई थोपा आँशु टिप्दै गएँ साऊँ काटी दिऊँ कि
जो जति इच्छा परन्तु त्यागी टुक्रयाई दिऊँ कि हो….हो
टुक्रयाई दिऊँ कि
अमर माया छाडेर जाने
अमर माया छाडेर जाने
परदेशी आएन हो…हो
परदेशी आएन
प्रति पल रह्यो सम्झना मात्र
प्रति पल रह्यो सम्झना मात्र
त्यहीँ साल आएन हो…हो
परदेशी आएन

हृदयभित्र चाहमा फुल्ने काँडाको फूलजस्तो
ऊ यस्तो रैछ सम्झदाँ खेरी पत्थरको तीलजस्तो
नियाली हेर्दा पहेँलो पाना मक्केको भेटिन्न
जीवन पथमा रुप रंग उडेको देखिन्न हो…हो
उडेको देखिन्न
अमर माया छाडेर जाने
अमर माया छाडेर जाने
परदेशी आएन हो…हो
परदेशी आएन
प्रति पल रह्यो सम्झना मात्र
प्रति पल रह्यो सम्झना मात्र
त्यहीँ साल आएन हो…हो
परदेशी आएन

शब्दः भैरव नाथ रिमाल कदम
संगीतः शुभ बहादुर सुनम
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!