सुनौला घाम ………

सुनौला घाम झुल्केन रुपौला जून चम्केन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन
सुनौला घाम झुल्केन रुपौला जून चम्केन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन
सुनौला घाम झुल्केन

कति रात छट्पटाए म अँध्यारोलाई बोकेर
कति रात छट्पटाए म अँध्यारोलाई बोकेर
मेरो जून जग्मगाएन जुनेली हाँसो पोखेर
दियोको बत्ती सल्केन नयनको ज्योति झल्केन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन
सुनौला घाम झुल्केन

कति फूल फुल्न खोजेथे मुटुको फूलबारीमा
कति फूल फुल्न खोजेथे मुटुको फूलबारीमा
खुशीले बाँच्न खोजेथ्यो मायाको त्यो छहारीमा
वसन्ती बास आएन रसिलो रङ छाएन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन
सुनौला घाम झुल्केन

शब्दः किरण खरेल
संगीतः चन्द्रराज शर्मा र शिव शंकर मानन्धर
स्वरः माणिक रत्न
चलचित्रः कुमारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!