आज नचिनेझै गरि दियौ
आँखा अन्तै मोडी दियौ
आज नचिनेझै गरि दियौ
आँखा अन्तै मोडी दियौ
आँखा आँखा जब जुद्धा लजाएर हात हेर्ने
आँखा आँखा जब जुद्धा लजाएर हात हेर्ने
कति राम्रो तिम्रो मुहार
कति राम्रो तिम्रो मुहार चन्द्रमालाई मात गर्ने
जानी जानी मारी दियौ
अन्जानमै पारी दियौ
जानी जानी मारी दियौ
अन्जानमै पारी दियौ
जब दिलमा लाग्छ चोट मुटुभित्र माया गढ्ने
जब दिलमा लाग्छ चोट मुटुभित्र माया गढ्ने
कति राम्रो तिम्रो मुस्कान
कति राम्रो तिम्रो मुस्कान छातीभित्रै धड्कन बढ्ने
बोलुँ बोलुँ गरि दियौ
दोधारमा पारी दियौ
बोलुँ बोलुँ गरि दियौ
दोधारमा पारी दियौ
आज नचिनेझै गरि दियौ
आँखा अन्तै मोडी दियौ
आज नचिनेझै गरि दियौ
आँखा अन्तै मोडी दियौ
शब्दः
संगीतः शिव शंकर मानन्धर
स्वरः गौरी शंकर मानन्धर