तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु
भुल होइन जस्तो लाग्ला भुल गर्नेहरूलाई
भुल होइन जस्तो लाग्ला भुल गर्नेहरूलाई
तर खेलेर छोड्यौ तिमीले किन
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसहारा जीवनलाई
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु
दोष दिनु ठूलो पाप हो निर्दोषीहरूलाई
दोष दिनु ठूलो पाप हो निर्दोषीहरूलाई
तर रित्याई दियौ तिमीले किन
तर रित्याई दियौ तिमीले किन
मेरो आँखाको आँशुलाई
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु
शब्द/संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल