बोलाउन त बोलाए नै, तिमी कहाँ थियौ
जाँदा जाँदै बाटोबीच एक्लै छोडी गयौ
एक्लै छोडी गयौ
निर्मोही त्यो गोरेटोले पनि धोका दिन्छ
मेरो आफ्नै यात्राले मलाई छेकिदिन्छ
शिखरका सेता हिउँ कति खोजेँ कति
अँध्यारोमा हराएर कता लुकिदिन्छ
बोलाउन त बोलाए नै, तिमी कहाँ थियौ
जाँदा जाँदै बाटोबीच एक्लै छोडी गयौ
एक्लै छोडी गयौ
आकृतिका चिनोहरू पनि गए कता
कुर्दा कुदै जीवन नै बगर भईदिन्छ
बिहानको उज्यालो त्यो भई दिए हुन्छ
जूनको त्यो जुनेली झै रहिदिए हुन्छ
बोलाउन त बोलाए नै, तिमी कहाँ थियौ
जाँदा जाँदै बाटोबीच एक्लै छोडी गयौ
एक्लै छोडी गयौ
शब्दः ईश्वर बल्लभ
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य