मेरो सानो संसार तिमीलाई अटेन
मेरो सानो संसार तिमीलाई अटेन
मेरो चोखो माया तिमीलाई पुगेन
मेरो घाम र जून तिमीलाई रुचेन
मेरो सानो संसार तिमीलाई अटेन
मायाको उजेलोलाई मैले रात भनिनँ
मायाको उजेलोलाई मैले रात भनिनँ
तिमीले जति दिन चाह्यौ मैले कम भनिनँ
तिमीले जति दिन चाह्यौ मैले कम भनिनँ
तिमी साथलाई चाहे गल्ती ठान
दुईटा मन जलाउने म आफैलाई ठान्छु
मेरो सानो संसार तिमीलाई अटेन
टिठाएर दिए जस्तो माया नै चाहिनँ
टिठाएर दिए जस्तो माया नै चाहिनँ
तिमीलाई दिनु पर्ने भनि वाचा नै राखिनँ
तिमीलाई दिनु पर्ने भनि वाचा नै राखिनँ
तिमी अरूलाई चाहे जे सुनाऊ
मनको व्यथा म आफैलाई सुनाउँछु
मेरो सानो संसार तिमीलाई अटेन
शब्द/संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल