मायाको आधारमा सम्झौता नै हुन्छ
दिनुपर्ने जे छ, लिनुपर्ने जे छ
त्यो बराबर हुन्छ,
अनुरोध भनिन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ
बाँड तिम्रा खुशीहरू, मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू, आत्मा नै साटिन्छ
बाँड तिम्रा खुशीहरू, मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू, आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ
जमिएका मायाभरि तिम्रो जीत हुन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ
भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरि नै सजिन्छ
भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरि नै सजिन्छ
खोल तिमी आज मुटुका ती बन्धन
तिम्रा सारा बोझहरू मायाले बिसाउँछ
मायाको आधारमा सम्झौता नै हुन्छ
शब्द/संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल