राम साइला…….

राम साइला टेकनपूरको बाङ्गे पिपल गैरी पर्यो छायाँ
राम साइला तिमीदेखि माया लाग्यो लौरी टेकी आयाँ
राम साइला उकालीमा लौरी टेकी व्यर्थै आउनु भयो
राम साइला मेरो लागि बिना सिती दुःख पाउनु भयो

राम साइला उर्लि आयो माई खोला छेऊछेऊ पर्यो छलको
राम साइला अहिले मात्र भेट भयो हिजैदेखि झल्को
राम साइला रूझि भिजि गर्नै पर्यो बर्खे खेतिपाती
राम साइला देख्यो माया मनै खाने नदेखेकै जाती

राम साइला भीरमा हिँड्ने कालो बादल रूखैबाट खरमर
राम साइला हितै मिल्यो चित्तै मिल्यो किन गर्छौ धरमर
राम साइला तिमी छौ कि आँखा सामु कुशैले भुलाउने
राम साइला आँखा ओझेल पर्यो किन मन अन्तै डुलाउने

राम साइला सानो सानो गाईको बाछो माउँसँग पछि पछि लाग्छ
राम साइला देवी कसम देवता कसम तिम्रै माया लाग्छ
राम साइला त्यही तल गौरी बारी स्याल मरेको सिनो
राम साइला फेरि कहिले भेट होला औठी लाइदेऊ चिनो

शब्दः राममणि नेपाली
संगीतः मदन दिपबिम
स्वरः मदन दिपबिम र ज्ञानु राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!