आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
छोडी जाऊ तोडी जाऊ
छोडी जाऊ तोडी जाऊ
मायालाई फोडी
मायालाई फोडी
सुख गर्नु दुःख गर्नु
तिम्रै निम्ति गोरी
मिर्मिरे झ्यालैमा
दुःख गर्नु सुख गर्नु
तिम्रै निम्ति गोरी
मिर्मिरे झ्यालैमा
आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
सितार ल्याएँ गितार ल्याएँ
सितार ल्याएँ गितार ल्याएँ
लिने भए दिउँला,
लिने भए दिउँला
कर्के नजर मीठो अधर
दिने भए लिउँला
मिर्मिरे झ्यालैमा
कर्के नजर मीठो अधर
दिने भए लिउँला
मिर्मिरे झ्यालैमा
आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
रङ्ग तिम्रो ढङ्ग तिम्रो
रङ्ग तिम्रो ढङ्ग तिम्रो
देख्ता आफै बसेँ,
देख्ता आफै बसेँ
ज्यानै जाओस् मानै जाओस्
लान कम्मर कसेँ
मिर्मिरे झ्यालैमा
ज्यानै जाओस् मानै जाओस्
लान कम्मर कसेँ
मिर्मिरे झ्यालैमा
आउन बसौँ पियारी मिर्मिरे झ्यालैमा
शब्द/संगीत/स्वरः मेलवा देवी