मायाको तार चुपचाप छ
मुटुको चाल चुपचाप छ
खुशीले घुम्टो खोलिन
मेरो संसार चुपचाप छ
मायाको तार चुपचाप छ
खसेको आँशु ठानेर तिमी मलाई नबिर्स
खसेको आँशु ठानेर तिमी मलाई नबिर्स
म होइन मृत्युको छायाँ, तिमी म देख्दा नतर्स
नयनको आश चुपचाप छ
चयनको सास चुपचाप छ
खुशीले घुम्टो खोलिन
मेरो संसार चुपचाप छ
मायाको तार चुपचाप छ
म जित्न जन्मेको मान्छे कति दिन हाँसु हारेर
म जित्न जन्मेको मान्छे कति दिन हाँसु हारेर
यो अमर पिरतीलाई कति दिन राखुँ मारेर
जीवनको जीत चुपचाप छ
मीलनको गीत चुपचाप छ
खुशीले घुम्टो खोलिन
मेरो संसार चुपचाप छ
मायाको तार चुपचाप छ
शब्दः किरण खरेल
संगीतः शिव शंकर
स्वरः भक्तराज आचार्य