यो मन त तलाउ हो
यो मन त तलाउ हो ढुङ्गा नफेक
फेर्दैछु सास बतास नछेक
बरु अन्त जतासुकै टेक
बरु अन्त जतासुकै टेक
दुखेकै ठाउँमा बिन्ती नटेक
बिन्ती नटेक
यो मन त तलाउ हो
बहे पनि रहे पनि
घाउ नै हो जति सहे पनि
बहे पनि रहे पनि
घाउ नै हो जति सहे पनि
बुझेपछि उक्याउनु किन
हलेदो मनलाई कोट्याउनु किन
कोट्याउनु किन
यो मन त तलाउ हो
दहसरि गहभरि
आँशु खेल्छ प्रीत वरिपरि
दहसरि गहभरि
आँशु खेल्छ प्रीत वरिपरि
बुझेपछि चलाउनु किन
जमेको मनलाई हल्लाउनु किन
हल्लाउनु किन
यो मन त तलाउ हो
यो मन त तलाउ हो ढुङ्गा नफेक
फेर्दैछु सास बतास नछेक
बरु अन्त जतासुकै टेक
बरु अन्त जतासुकै टेक
दुखेकै ठाउँमा बिन्ती नटेक
बिन्ती नटेक
यो मन त तलाउ हो
शब्दः राजेन्द्र थापा
संगीतः न्ह्यु बज्राचार्य
स्वरः अरूणा लामा
(सम्भवत यो अरूणा लामाज्युको अन्तिम गीत हो।)