बगेको पानी फर्कियो बरू बादल बनेर
म भने व्यर्थै कुरेर जमेँ पोखरी भएर
बगेको पानी
प्रेमको आफ्नै हृदय जित्ने आकर्षण रहन्छ
भनिन्थ्यो उहिले अब त सायद समय बदले त
तिमीलाई पनि जित्न नसक्ने त्यो प्रेम के हो र
म पनि भन्थेँ अब त तिम्रो हृदय बदलेछ
जुन माया रूप फेर्दछ भने त्यो माया के हो र
म भने व्यर्थै कुरेर जमेँ पोखरी भएर
बगेको पानी
मेरै छ मुटु भावना मेरै आफैमा पवित्र
नमिल्ला बरू कही कोहीसित ठीकै छ मभित्र
रिझाउने छैन कसैलाई मैले भावना फेरेर
शरीर बरू फेरिन सक्ला आत्मा के फेरिन्छ
दिएको माया साच्न नसक्ने त्यो हृदय के हो र
म भने व्यर्थै कुरेर जमेँ पोखरी भएर
बगेको पानी फर्कियो बरू बादल बनेर
म भने व्यर्थै कुरेर जमेँ पोखरी भएर
बगेको पानी
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः ध्रुव के.सि.