आ… आ…
नआऊ जून कोठामा राति मसँग लाडिन
कसैको भइसकेको मन सक्दैन बाँडिन
सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिऊँ कसरी कसैको नासो म्वाइँको निशानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाऊ मलाई यहाँ पछ्याउन छोडेर
नजिक सर्दै सर्दै नआऊ मसँग टाँसिन
उजेली बन्दै अँधेरी बन्दै लुकामारी खेलेर
नखोज भाड्न मनको शान्ति निर्लज्ज चलेर
म श्वास पनि उनकै फेर्छु ब्युँझदा निदाउँदा
प्रेमको हत्या कसरी गरूँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआऊ जून कोठामा राति मसँग लाडिन
हम् हम्….
शब्दः रत्नशम्शेर थापा
संगीतः नातिकाजी श्रेष्ठ
स्वरः माणिकरत्न स्थापित र तारा देवी