शुभकामना खाली खाली दिनेलाई दानी भनेर
जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर
शुभकामना …
पाप धर्म कसको कति इन्साफ तिमीले गर्नु
माया विश्वास ठूलो सानो सब नाप तिमीले गर्नु
खुशी तिम्रो फर्काउन भनि म रोएर आज जाँदैछु
कुल्चे हुन्छ मेरो आँशुलाई अब मैला पानी भनेर
शुभकामना…
तिम्रो विश्वास पाउन म कति शूलीमा चढेँ
पहिरो गएर छातीमा आज मूलबाटोमै लडेँ
जित्नु केही थिएन हारेर आज जाँदै छु
घाम छायाँको खेल हो यो जिन्दगानी भनेर
शुभकामना…
शब्दः नोर्देन रूम्बा
र्सगीतः बद्री दुर्गा खरेल
स्वरः दावा ग्याल्मो