सुनौला घाम झुल्कियो, बिहानी भो लौ उठ
हे भाइ बहिनी तिमी नै काँधमा बोक यो युग
सुनौला घाम झुल्कियो, बिहानी भो लौ उठ
हे भाइ बहिनी तिमी नै काँधमा बोक यो युग
सुनौला घाम झुल्कियो
यिनै पाखाभरिमा सिर्जनाको बीज छर्दै
भोलिको मीठो सपना देख्न तिमी भर पर्दै
यिनै पाखाभरिमा सिर्जनाको बीज छर्दै
भोलिको मीठो सपना देख्न तिमी भर पर्दै
राष्ट्रको निम्ति सदैव कर्मठ व्यक्ति बन्नु छ
राष्ट्रको निम्ति सदैव कर्मठ व्यक्ति बन्नु छ
सम्पूर्ण आस्था बुझेर पखेरा पर्वत भन्नु छ
सुनौला घाम झुल्कियो
रमाइलो कथा भावीको बनाउने लक्ष्य राखेर
सदुपयोग युगको सिकेर गरौ जानेर
रमाइलो कथा भावीको बनाउने लक्ष्य राखेर
सदुपयोग युगको सिकेर गरौ जानेर
सदाको लागि तिमीले कर्तव्य पालन गरेर
सदाको लागि तिमीले कर्तव्य पालन गरेर
देशको खातिर जिउन अगाडि सर्दै बढेर
सुनौला घाम झुल्कियो, बिहानी भो लौ उठ
हे भाइ बहिनी तिमी नै काँधमा बोक यो युग
सुनौला घाम झुल्कियो
शब्दः भैरवनाथ रिमाल कदम
संगीत/स्वरः भक्तराज आचार्य