यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर……….

हो हो हो हो
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर

एउटा फूल फुले यहाँ धर्ती मगमगाउँछ
एउटा बत्ति बले यहाँ जगत जगमगाउँछ
एउटा फूल फुले यहाँ धर्ती मगमगाउँछ
एउटा बत्ती बले यहाँ जगत जगमगाउँछ
सुख-शान्ति मुस्काउँछ यहाँ सधैभरि
लुकामारी खेल्छ जुन यहाँ रातैभरि
यो हो मेरो प्रणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर

आकाशलाई छोएको छ मेरो हिमालले (हिमालले)
आकाशलाई छोएको छ मेरो हिमालले (हिमालले)
स्वर्गलाई लोभ्याउँछ मेरै नेपालले (नेपालले)
मेरो प्रीत पलाउँछ सधै पहरामा
मेरो गीत सुसाउँछ सधै छहरामा
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर

यो देश हो प्रकृतिको शान्त फूलबारी
झर्छ जहाँ इन्द्र धनुष स्वर्ग माया मारी
यो देश हो प्रकृतिको शान्त फूलबारी
झर्छ जहाँ इन्द्र धनुष स्वर्ग माया मारी
कोपिलाको काखमा काउकुती लाई
खेलिरन्छ झुल्के घाम बिहान नै आई
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर

शब्दः किरण खरेल
संगीतः जयदेव
स्वरः आशा भोस्ले
चलचित्रः माइतिघर

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!