मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ
जब फूल र काँडा दुईटा सँगै रमाउन सक्छ
जब दागको रङ्गमा पनि टिका समाउन सक्छ
नसोध मैले गर्दा या ताप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ
तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ
शब्दः राम मान तृषित
संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल