बादल बनाईदेऊ, आकार बदल्न सकुँ
बादल बनाईदेऊ, आकार बदल्न सकुँ
क्षमता दिलाईदेऊ, जिउँदै म जल्न सकुँ
जाऊँ कसरी जाऊँ, आफ्नै लाशको मलामी
जाऊँ कसरी जाऊँ, आफ्नै लाशको मलामी
चुपचाप सहुँ कसरी आफ्नै बदनामी
सस्तो बनाईदेऊ बजारमा चल्न सकुँ
क्षमता दिलाईदेऊ, जिउँदै म जल्न सकुँ
फेरि चलाऊ गोली, घाइते बनाई नराख
फेरि चलाऊ गोली, घाइते बनाई नराख
चितामै जल्न देऊ, चिन्तामा जलाई नराख
लाजहिन बनाईदेऊ, सडकमा ढल्न सकुँ
क्षमता दिलाईदेऊ, जिउँदै म जल्न सकुँ
क्षमता दिलाईदेऊ, जिउँदै म जल्न सकुँ
शब्दः निर शाह
संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल