प्रीतबिना योवन अफाप नै भयो
प्रीतबिना योवन अफाप नै भयो
तिमीबिना संसार, तिमीबिना संसार
उजाड उजाडै भयो
उजाड उजाडै भयो
प्रीतबिना योवन अफाप नै भयो
सम्झना आउँछ हरपल मलाई बन्धन त्यो मायाको
आँखामा आउँछ झलझली तस्वीर मिलन त्यो रातको
धोका हुन्छ भन्ने शंकै थिएन मनमा
सहुँ म कसरी
प्रीतबिना योवन अफाप नै भयो
मनको पानाभरि केवल तिम्रै नाम लेखेथेँ
यो दुई दिनको जीवनभरि तिम्रै माया रोजेथेँ
धोका हुन्छ भन्ने शंकै थिएन मनमा
सहुँ म कसरी
प्रीतबिना योवन अफाप नै भयो
प्रीतबिना योवन अफाप नै भयो
तिमीबिना संसार, तिमीबिना संसार
उजाड उजाडै भयो
उजाड उजाडै भयो
प्रीतबिना योवन
प्रीतबिना योवन
प्रीतबिना योवन
शब्दः बालकृष्ण डंगोल (सजिव)
संगीतः अनिल शाही
स्वरः कुमार कान्छा