झीरमा उनिनु त्यो एउटा कुरा
पीरमा उनिनु, त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झीरमा उनिनु त्यो एउटा कुरा
पीरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झीरमा उनिनु त्यो एउटा कुरा
मैले कहाँ भनेँ र पीरैपीर भो भनेर
मैले कहाँ भनेँ र पीरैपीर भो भनेर
तलतल खस्दा पनि भीरैभीर भो भने
कराएरै जन्मेँ
कराएरै जन्मेँ चुपचाप मरुँला
जतिसुकै चलोस् मनमा छुरा
झीरमा उनिनु त्यो एउटा कुरा
भाग्य कहाँ खसेर अन्धकार नै भएछ
भाग्य कहाँ खसेर अन्धकार नै भएछ
झुकीझुकी बोल्दा पनि अहङ्कार भई गएछ
हराएरै गए
हराएरै गए चुपचाप बसुँला जतिसुकै खेलोस् मनमा कुरा
झीरमा उनिनु त्यो एउटा कुरा
पीरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा
झीरमा उनिनु त्यो एउटा कुरा
शब्दः राजेन्द्र थापा
संगीत÷स्वरः दीप श्रेष्ठ