चुमेर पानाभरि यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु
चुमेर पानाभरि
रातभरि भरी एउटै सपना देखेको हुन्छु
रातभरि भरी एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
मुस्कानका गजका टुक्रा हेरी नमस्की दिनु
नलेख्न पर्ने पनि सायद म लेखिदिन्छु
नलेख्न पर्ने पनि सायद म लेखिदिन्छु
चुमेर पानाभरि
वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु
वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु
एकछिनको निम्ति तिमीलाई उदाङ्ग देखी दिन्छु
सायद रिसाई दिन्छौ हुन सक्छ च्याती दिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु
चुमेर पानाभरि
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल