केही चोटले ज्ञानी हुन्छ
धेरै चोटले बानी हुन्छ
मेरो मन भाँच या साँच
मलाई अब जे गरे हुन्छ
केही चोटले
मान्छेले गर्ने कर्महरू केले असल खराब हुन्छ
आफ्नो अपजस हातहरूले जे गर्यो त्यही खराब हुन्छ
डढेको मनमा जे राख
सबै एक छिनमा खाक हुन्छ
मेरो मन भाँच या साँच
मलाई अब जे गरे हुन्छ
केही चोटले
न त घृणाले आतिन्छु न त मायाले मातिन्छु
मलाई दोष देऊ या देऊ उपहार कालो रङ्गमा जे पोते हुन्छ
केको बत्ती नदेख्नेलाई
मेरो दिनरात समान हुन्छ
मेरो मन भाँच या साँच
मलाई अब जे गरे हुन्छ
केही चोटले
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल