आँखा चिम्ली बस्नु भन्दा बिर्सिनु जाती
बाटो कुरी बस्नु भन्दा फर्कनु जाती
आँखा चिम्ली बस्नु भन्दा बिर्सिनु जाती
बिहानीबाट धेरै धेरै टाढा भईसकेछु म
झरिरहने शीतको थोपाझै भईसकेछु म
तिम्रो याद धमिलो मैले पारी सकेँ
यी आँखाका आँशु सारा मैले झारिसकेँ
आँखा चिम्ली बस्नु भन्दा बिर्सिनु जाती
सहनुका सीमा सारा नाघिसकेको छु
मैले आफ्नो हृदयलाई सल्काइसकेको छु
मानिसका थरिथरिका कुरा सुनिसकेँ
माया गर्दै माया माग्ने मान्छे चिनिसकेँ
आँखा चिम्ली बस्नु भन्दा बिर्सिनु जाती
शब्दः उत्तम लाल श्रेष्ठ
संगीतः चन्द्र राज शर्मा
स्वरः माणिक रत्न