उडेर जुन छुन्छु भन्थेँ
तर आज पिँजडाको चरी भा छ जीवन
जुगौ जुग जिउँछु भन्थेँ
तर आज आफ्नै काखमा मरिरा’छ जीवन
मरिरा’छ जीवन
हृदयको बगैँचामा प्रीति रोपेको थिएँ
हृदयको बगैँचामा प्रीति रोपेको थिएँ
मगमगाउँदो फूल फुलाउने सपना देखेको थिएँ
सपना देखेको थिएँ
सपना देखेको थिएँ
सपना सबै टुटि गए
आज भोलि आँखाबाट बगिरा’छ जीवन
जुगौ जुग जिउँछु भन्थेँ
तर आज आफ्नै काखमा मरिरा’छ जीवन
मरिरा’छ जीवन
जिउन भनि मुटु साटे झनै मरिगएँ
जिउन भनि मुटु साटे झनै मरिगएँ
जाडो छेक्न आगो फुकेँ त्यस मै परि गएँ
त्यस मै परिगएँ
त्यस मै परिगएँ
बगेर सागर पुग्छु भन्थेँ
तर बगरको ढुङ्गासरि भा छ जीवन
जुगौ जुग जिउँछु भन्थेँ
तर आज आफ्नै काखमा
मरि रहछ उडेर जून छुन्छु भन्थेँ
तर आज पिँजडाको चरी भा छ जीवन
जुगौ जुग जिउँछु भन्थेँ
तर आज आफ्नै काखमा मरि रा’छ जीवन
मरि रा’छ जीवन
शब्दः राजकुमार बगर
सङ्गीतः बि. बि. अनुरागी
स्वरः रामभक्त जोजिजु