आशा हजार मरेर नै मेरो गीतको जनम भएको छ
मुटु मेरो जलेर नै अँध्यारो अलि कम भएको छ
आशा हजार मरेर नै
दिन बिताएँ चोट सहेर बाँकी अझै यो रात छ
दिन बिताएँ चोट सहेर बाँकी अझै यो रात छ
वसन्त छ जताततै आँखाभरि वर्षात् छ
आँशुको सास लिएर नै मेरो गीतको जनम भएको छ
आशा हजार मरेर नै
वरदान यो प्यारको मैले पनि अब पिउन सिकेँ
वरदान यो प्यारको मैले पनि अब पिउन सिकेँ
एक त्रास थियो यो मृत्युको निडर भई अब जिउन सिकेँ
पीडाको मूल फुटेर नै मेरो गीतको जनम भएको छ
आशा हजार मरेर नै
शब्दः राममान तृषित
सङ्गीतः नातिकाजी
स्वरः योगेश वैद्य