म रोएँ कि हाँसे नसोध
म फुलेँ कि ओइलिए नसोध
गाउँदा गाउँदै कता कता
म रोएँ कि हाँसे नसोध
मैले रोजेछु रातहरूलाई
अनि रोजेछु सपनाहरू
ती स्वप्नभित्रका कल्पनाहरू
मीठा मीठा ती बातहरू
तर कहिले त्यो दिन आएन
न कुनै स्वप्न विपनामा पाएँ
म रोएँ कि हाँसे नसोध
म फुलेँ कि ओइलिए नसोध
गाउँदा गाउँदै कता कता
म रोएँ कि हाँसे नसोध
यो साँघुरो जीवन लिएर
यसलाई साकार बनाउन खोजेँ
जीवनदेखि भागी हिँड्दै
फेरि जीवन रोज्दै हिँडेँ
तर मैले जीवनलाई होइन
जीवनले मलाई डोहोर्याई दियो
म रोएँ कि हाँसे नसोध
म फुलेँ कि ओइलिए नसोध
गाउँदा गाउँदै कता कता
म रोएँ कि हाँसे नसोध
शब्द/संगीतः प्रणय सुब्बा
स्वरः प्रेमध्वज प्रधान