प्रयास हाम्रो उचाल भगवन
सकार हाम्रो पुकारलाई
सकौँ खुशीको बहार खोज्न
थपेर दुःखको प्रहारलाई
प्रयास हाम्रो उचाल भगवन
कुकर्ममा मन कतै नलागोस्
अधर्मको धन कतै नचाहौँ
पिएर अर्को मनुष्यलाई
कतै विरहा होइ नजाऔँ
सकौँ मनैमा सम्हाल्न हामी
सकौँ मनैमा सम्हाल्न हामी
खराब हाम्रा विचारलाई
सकौँ खुशीको बहार खोज्न
थपेर दुःखको प्रहारलाई
प्रयास हाम्रो उचाल भगवन
तर्सेर सानै विपत्तिदेखि
अधिर हामी नहोइ जाऔँ
कुनै राजा विफल हुँदैमा
हरेस खाइ नरोइ जाऔँ
सकौँ मनैमा सम्हाल्न हामी
सकौँ मनैमा सम्हाल्न हामी
खराब हाम्रा विचारलाई
सकौँ खुशीको बहार खोज्न
थपेर दुःखको प्रहारलाई
प्रयास हाम्रो उचाल भगवन
सकार हाम्रो पुकारलाई
सकौँ खुशीको बहार खोज्न
थपेर दुःखको प्रहारलाई
प्रयास हाम्रो उचाल भगवन
शब्दः कञ्चन पुडासैनी
संगीतः दिव्य खालिङ
स्वरः भक्तराज आचार्य