आई जाउन छहारीनिर
आई जाउन छहारीनिर
शीतलमा बसौँला
मिलीजुली रसिया गाउन
आई जाउन छहारीनिर
लस्करै चर्यो गाई बाख्रा ताती हरियो पाखामा, त्यो पारि वनैमा
लस्करै चर्यो गाई बाख्रा ताती हरियो पाखामा, त्यो पारि वनैमा
एक्लै बस्न उराठ लाग्छ
एक्लै बस्न उराठ लाग्छ
आई देउन साथमा, आई देऊन साथमा
यो मेरो काखैमा
सुनि देउन हृदय खोली मनको पुकार
माया हाम्रो मालामा गाँसौन
आई जाउन छहारीनिर
मुजुर नाच्छ पालुवा झुली हावामा मस्केर, त्यो हाँगो नै लच्केर
मुजुर नाच्छ पालुवा झुली हावामा मस्केर, त्यो हाँगो नै लच्केर
संसार बिर्सि नजिक आउँछु
सुस्तरी जिस्केर, सुस्तरी जिस्केर
मुटुमा अल्झेर
हेरी देउन पुलुक्क हाँसी फर्किने बेलामा
हात समाइ वाचा गरौन
आई जाउन छहारीनिर
शीतलमा बसौँला
मिलीजुली रसिया गाउन
आई जाउन छहारीनिर
शब्दः रत्नलाल श्रेष्ठ
संगीत/स्वरः प्रेमध्वज प्रधान