पहिले माया नला’को भए
बरु कसम नखा’को भए
एकान्तमा टोलाउँदै
मनमा कुरा खेलाउँदै
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
आऽऽऽऽऽ
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
कति भुलायौ मीठा वचनहरूमा
अति झुलायौ झुटा कसमहरूमा
कति भुलायौ मीठा वचनहरूमा
अति झुलायौ झुटा कसमहरूमा
जति दःख पाए पनि
जति गोता खाए पनि
तिमी आफ्नै हुनु पर्थ्यो
पहिले माया नला’को भए
बरु कसम नखा’को भए
एकान्तमा टोलाउँदै
मनमा कुरा खेलाउँदै
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
आऽऽऽऽऽ
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
कपटी रहेछ मन बोली हँसिलै थियो
यसै पनि मलाई ढाँट्न सजिलै थियो
कपटी रहेछ मन बोली हँसिलै थियो
यसै पनि मलाई ढाँट्न सजिलै थियो
घरी घरी औला टोकाउँदै
थरी थरी आशा देखाउँदै
किन मूर्ति छुनु पर्थ्यो
पहिले माया नला’को भए
बरु कसम नखा’को भए
एकान्तमा टोलाउँदै
मनमा कुरा खेलाउँदै
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
आऽऽऽऽऽ
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
किन मलाई रुनु पर्थ्यो
शब्दः नवराज कार्की
संगीतः सरोज गोपाल बज्राचार्य
स्वरः बाबा राणा