यो जिन्दगी अप्ठ्यारोमा अप्ठ्यारोमै बित्ने हो कि
यो जिन्दगी अफ्ठ्यारोमा अफ्ठ्यारोमै बित्ने हो कि
नथामिदै आँशुहरू
नथामिदै आँशुहरू सास कतै टुट्ने हो कि
यो जिन्दगी अफ्ठ्यारोमा
हृदयमा घावैघाउ मुटुभित्र चोटको भारी
हृदयमा घावैघाउ मुटुभित्र चोटको भारी
अभाव दुख्छ गरिबीमा दुख्छ सपना सधैँभरि
यो जिन्दगी झिरै झिरमा उनिएर दुख्ने हो कि
नथामिदै आँशुहरू प्राण एक दिन छुट्ने हो कि
यो जिन्दगी अफ्ठ्यारोमा
बिहान रुन्छ छटपटीमा दिन डुब्छ अँधेरोमा
बिहान रुन्छ छटपटीमा दिन डुब्छ अँधेरोमा
रातैभरि सपना झर्छ आँखाबाट सिरानीमा
जिन्दगीलाई बिना झरी असिनाले चुट्ने हो कि
नथामिदै आँशुहरू सासले बाटो भुल्ने हो कि
यो जिन्दगी अफ्ठ्यारोमा अफ्ठ्यारोमै बित्ने हो कि
नथामिदै आँशुहरू
नथामिदै आँशुहरू सास कतै टुट्ने हो कि
यो जिन्दगी अफ्ठ्यारोमा
शब्दः तेजेन्द्र काफ्ले
संगीतः लाबोनी-प्रमोद
स्वपः लाबोनी चक्रवर्ती