अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडुँ
हुन सक्छ अँध्यारो जीवनलाई
एक नौलो बिहानी तर्फ मोडुँ
अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडुँ
आँखामा यस्तो गाजल छ तिम्रो
हर फूलको रङ्गलाई छेकिदिने
आँखामा यस्तो गाजल छ तिम्रो
हर फूलको रङ्गलाई छेकिदिने
आँखामा यस्तो सपना छ मेरो
हर रात उज्यालो देखिदिने
अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडुँ
हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी
तिम्रो मेरो गतिमै हाम्रो मीठो मिलन
हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी
तिम्रो मेरो गतिमै हाम्रो मीठो मिलन
किन यस्तो सजिलो मोडमा पनि
तिम्रो पाउमा थकान मेरो पाउमा जलन
अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडुँ
हुन सक्छ अँध्यारो जीवनलाई
एक नौलो बिहानी तर्फ मोडुँ
अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडुँ
शब्दः राममान तृषित
संगीतः शिवशङ्कर मानन्धर
स्वरः योगेश वैद्य