म हाँस्नलाई हाँसेकै हुन्छु
ध्वनि फैलाउन नखोज
मेरो मन्जिल केवल तिमी हौ
तिमी हौ, तिमी हौ, तिमी हौ
म हाँस्नलाई
हाँसोको प्रत्येक लहरभित्र कति पीडा लुकेको हुन्छ
मुटुको हर ढुक्ढुकीसँग कति रहर मरेको हुन्छ
कति रहर मरेको हुन्छ
म रम्नलाई रमेकै हुन्छु रमिता नियाली नहेर
मेरो मन्जिल केवल तिमी हौ
तिमी हौ, तिमी हौ, तिमी हौ
म हाँस्नलाई
तिमी हौ यो आँखाहरूमा, अरू आँखा तिमी नखोज
बत्तीको चहकिलो प्रकाशमुनि कति घना अँध्यारो हुन्छ
कति घना अँध्यारो हुन्छ
भरिएका रमाइला रातभित्र प्रार्थना लुकेको हुन्छ
मेरो मन्जिल केवल तिमी हौ
तिमी हौ, तिमी हौ, तिमी हौ
म हाँस्नलाई हाँसेकै हुन्छु
ध्वनि फैलाउन नखोज
मेरो मन्जिल केवल तिमी हौ
तिमी हौ, तिमी हौ, तिमी हौ
तिमी हौ, तिमी हौ, तिमी हौ
तिमी हौ, तिमी हौ, तिमी हौ
शब्दः वसन्त लोहनी
संगीतः शुभ बहादुर
स्वरः उषा लोहनी