हाँसुँ भन्दा कता………

हाँसुँ भन्दा कता कता आँशु मलाई मीठो लाग्छ
यदि तिम्ले मेरो सारा विवशतालाई बुझिदिए
मेरो कुरा मेरो गीत मेरो बाचा झुटो लाग्छ
यदि तिम्ले मेरो मनको निरन्तरता बुझिदिए
हाँसुँ भन्दा कता कता आँशु मलाई मीठो लाग्छ

म त यस्तो उज्यालोमा आँखा चिम्ली बाँचेको छु
सायद आँखा खोलि दियौ चारैतिर रात हुन्छ
म त यस्तो उज्यालोमा आँखा चिम्ली बाँचेको छु
सायद आँखा खोलि दियौ चारैतिर रात हुन्छ
कस्तो खुशी कस्तो माया कस्तो नशा पाइएछ
सायद कतै बोलिदियौ जिन्दगी नै उदास लाग्छ
हाँसुँ भन्दा कता कता आँशु मलाई मीठो लाग्छ
यदि तिम्ले मेरो सारा विवशतालाई बुझिदिए
हाँसुँ भन्दा कता कता आँशु मलाई मीठो लाग्छ

म त यस्तो रुखमुनि थकाई मेट्न आइपुगेँ
जसको छायाँ कहिलेकाहीँ घामभन्दा पोल्दो हुन्छ
म त यस्तो रुखमुनि थकाई मेट्न आइपुगेँ
जसको छायाँ कहिलेकाहीँ घामभन्दा पोल्दो हुन्छ
म त यस्तो सागरको पानी खोल्न आइपुगेँ
जसको तृप्ती तिर्खाभन्दा जलन दिई पोल्ने हुन्छ
हाँसुँ भन्दा कता कता आँशु मलाई मीठो लाग्छ
यदि तिम्ले मेरो सारा विवशतालाई बुझिदिए
मेरो कुरा मेरो गीत मेरो बाचा झुटो लाग्छ
यदि तिम्ले मेरो मनको निरन्तरता बुझिदिए
हाँसुँ भन्दा कता कता आँशु मलाई मीठो लाग्छ

शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!