सपनाको महल भत्केर गयो
मन ऐना झै फुटेर गयो
जब छैनौ आफ्नै तिमी
जब छैनौ आफ्नै तिमी
जग विरानो भयो
सपनाको महल भत्केर गयो
तिम्रो हाम्रो साथ थियो, जुनेली रात थियो
तिम्रो हाम्रो साथ थियो, जुनेली रात थियो
शीतल बतास थियो, मीठो मीठो प्यास थियो
सबै लग्यो हुरीले
सपनाको महल भत्केर गयो
फेरि उही गोधुलीमा इन्द्रेणी याद आयो
फेरि उही गोधुलीमा इन्द्रेणी याद आयो
भावनामा बतासिदै अकासिएको याद आयो
सबै लुट्यो भावीले
सपनाको महल भत्केर गयो
मन ऐना झै फुटेर गयो
जब छैनौ आफ्नै तिमी
जब छैनौ आफ्नै तिमी
जग विरानो भयो
सपनाको महल भत्केर गयो
शब्द/संगीतः दिपक जंगम
स्वरः दिपक खरेल