साथीसङ्गी भन्छन् मलाई के भो अचेल सानी
फेरियो रे रूपरङ्ग मेरो आनीबानी
फेरियो रे रूपरङ्ग मेरो आनीबानी
साथीसङ्गी भन्छन् मलाई के भो अचेल सानी
फेरियो रे रूपरङ्ग मेरो आनीबानी
फेरियो रे रूपरङ्ग मेरो आनीबानी
साथीसङ्गी भन्छन् मलाई
शङ्का गर्छन् कुरा काट्छन् आफ्नो भन्ने जति
शङ्का गर्छन् कुरा काट्छन् आफ्नो भन्ने जति
यस्तो बेला कसलाई बनाऊँ आफ्नो मिल्ने साथी
मन मेरो एकोहोरियो ठेस कति कति
पराईले लगेछ कि सुर ताल जति
पराईले लगेछ कि सुर ताल जति
साथीसङ्गी भन्छन् मलाई
कस्तो मात लागेजस्तो बैँस चढेछ कि
कस्तो मात लागेजस्तो बैँस चढेछ कि
मन चोर्ने मायालुको माया गढेछ कि
ऐना हेर्दा लाज लाग्छ ढक्क फुल्छ छाती
प्रतिबिम्ब भई आउँछ मनका कुरा जति
प्रतिबिम्ब भई आउँछ मनका कुरा जति
साथीसङ्गी भन्छन् मलाई के भो अचेल सानी
फेरियो रे रूपरङ्ग मेरो आनीबानी
फेरियो रे रूपरङ्ग मेरो आनीबानी
साथीसङ्गी भन्छन् मलाई
साथीसङ्गी भन्छन् मलाई
ला ला ला ला ला ला ला ला
हम्म्म्म्म्म्म्
ला ला ला ला ला ला ला ला
साथीसङ्गी भन्छन् मलाई
साथीसङ्गी भन्छन् मलाई
शब्दः तारा प्रसाद वस्ती
संगीतः खड्ग गन्धर्व
स्वरः लोचन भट्टराई