विधुवाले सिन्दुरको रहर…….

विधुवाले सिन्दुरको रहर आँखामा टाँसेर
पर्खिन्छे सधैँ मृत्युलाई आफन्त ठानेर
पर्खिन्छे सधैँ मृत्युलाई आफन्त ठानेर
विपनाले चुरा फुटाउँछ ढुङ्गामा राखेर
सपना आउँछ रङ्गीन चुरा नाडीमा लाएर
सपना आउँछ रङ्गीन चुरा नाडीमा लाएर
विधुवाले सिन्दुरको रहर आँखामा टाँसेर

बाँचेकी हुन्छे सागरमा पनि खडेरी बोकेर
लुकाई राख्छे खहरे भेल परेलाले छोपेर
फर्कि नआउने बाटो हेरेर सधैँ पर्खिन्छु भन्छे
निभिसकेको रित्तो विश्वास
निभिसकेको रित्तो विश्वास मनमा बाँधेर
विधुवाले सिन्दुरको रहर आँखामा टाँसेर

मशानघाटमा मरेको लाशमा चिहान खनेर
ऊ सधैँ भन्छे मुटुको आँगन टेक्न आऊ भनेर
मध्यरात आउँछ सिउँदोको रेखा खाली देखेर
बिहानी रङ्ग सिन्दुर होइन
बिहानी रङ्ग सिन्दुर होइन ब्युँझिन्छे झस्केर
विधुवाले सिन्दुरको रहर आँखामा टाँसेर
पर्खिन्छे सधैँ मृत्युलाई आफन्त ठानेर
विपनाले चुरा फुटाउँछ ढुङ्गामा राखेर
सपना आउँछ रङ्गीन चुरा नाडीमा लाएर
विधुवाले सिन्दुरको रहर आँखामा टाँसेर

शब्दः शिवशङ्कर थापा
संगीत/स्वरः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
error: Content is protected !!