बतासले झारेका फूलहरू संगाली
विरहको आँशुले तिनै फूल पखाली
माला गाँसी राखे है भरे भेट्न आउँला
कर्मै आफ्नो अभागी चोखो फूल कहाँ पाउँला
चोखो फूल कहाँ पाउँला
चोखो फूल चाहिन्छ ढुङ्गाको देउतालाई
माया किन व्यर्थैमा मरि जाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अधेरोमै आउँला
अधेरोमै जीवन बित्यो उज्यालो म कहाँ पाउँला
उज्यालो म कहाँ पाउँला
शब्दः हरिभक्त कटुवाल
स्वर/संगीतः अम्बर गुरूङ