मुरलीको भाखैमा मादलुको तालैमा
मुरलीको भाखैमा मादलुको तालैमा
लाली त चढ्यो सालीको गोरा गोरा गालैमा
गोरा गोरा गालैमा
देश जान लागे म त अहिले हालैमा
देश जान लागे म त अहिले हालैमा
फर्की माग्छु बाबुसँग साठी सालैमा
साठी सालैमा, सालैमा
के भर पर्नु कान्छा दाइको चिप्लो घस्या बातैमा
फर्की आउँदा होला फेरि अर्कै सानी साथैमा
कति कति लोभिएलान् त्यो मिर्मिरे आँखैमा
कति कति लोभिएलान् त्यो मिर्मिरे आँखैमा
अनि आफू कता हुने कुन चाहिने पाखैमा
कुन पाखैमा, पाखैमा
सान्नानीको यस्तै सधै निष्ठुरी बातैमा
धुरुधुरु आँशु खस्छ सालको पातैमा
सल्लाघारी गाँसी खेली बसुँ एकैछिन
एकै पल्ट पक्कै आउला नछुट्टिने दिन
मुरलीको भाखैमा मादलुको तालैमा
मुरलीको भाखैमा मादलुको तालैमा
लाली त चढ्यो सालीको गालैमा
देश जान लागे म त अहिले हालैमा
फर्की माग्छु बाबुसँग साठी सालैमा
साठी सालैमा, सालैमा
शब्दः
संगीतः
स्वरः