साँझ नपर्दै आउनु तिमी
चरी नफिर्दै बास बासमै
चिन्न सकिने दुरबाटै नै
एउटा गीत गाउनु तिमी
अङ्ग अङ्गमा गुराँस फुलाई
रङ्ग रङ्गमा भाव फुलाई
प् अङ्ग अङ्गमा गुराँस फुलाई
रङ्ग रङ्गमा भाव फुलाई
रीतिको मधुमास गाउनु तिमी
साँझ नपर्दै आउनु तिमी
आशा प्रतीक्षा गरिरहुँला
आशा प्रतीक्षा गरिरहुँला
आँखाभरि भरि पारिरहुँला
सपना पहिले पठाउनु तिमी
साँझ नपर्दै आउनु तिमी
चरी नफिर्दै बास बासमै
चिन्न सकिने दुरबाटै नै
एउटा गीत गाउनु तिमी
साँझ नपर्दै आउनु तिमी
शब्दः कृष्ण प्रसाद पराजुली
संगीतः सरोज कार्थक
स्वरः सुनिता सुब्बा