तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले न मैले सुनाएँ
तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
बैँसालु पाखाभरि
बैँसालु पाखाभरि कोही चरेझैँ
नजरको नशालु कुलेसो तरेझैँ
हुरी चल्छ मनमा, तिमी भित्र छ्यौ कि?
हुरी चल्छ मनमा, तिमी भित्र छ्यौ कि?
मेरो दिल हरायो, तिमीले लियौ कि?
तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
यो कस्तो हो माया
यो कस्तो हो माया मुटु बाँडिएझैँ
म हाँस्दा अधरमा तिमी बाटिएझैँ
झरी पर्छ तनमा तिमीले छोयौ कि?
झरी पर्छ तनमा तिमीले छोयौ कि?
म बग्दो नदीको तिमी बाँध हौ कि?
तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले न मैले सुनाएँ
तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
तिमी यसै लजायौ, म उसै धकाएँ
तिमी यसै लजायौ, म उसै धकाएँ
तिमी यसै लजायौ, म उसै धकाएँ
शब्दः दिनेश अधिकारी
संगीतः राम थापा
स्वरः रविन शर्मा